नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो ।

उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।