काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी शुरुआत गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा १४९ रन बनाउँदा सबै विकेट गुमायो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बलमे २६ रन बनाउनुभयो । चितवनका कमल ऐरीले ४, रिजन ढकालले २ विकेट लिनुभयो ।
एक समय ५ विकेट गुमाएर १३२ रनकाे अवस्थामा रहेकाे विराटनगरले त्यसपछि १७ रन जाेड्दा बाँकी सबै विकेट गुमाउन पुग्याे ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले ७० रन बनाउनुभयो । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिनुभयो ।
यसअघि उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको छ ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्राे संस्करणकाे प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।



खबर बजार । ११ कार्तिक २०८३, मंगलवार १७:३९