f तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका कर्णालीका २५ बालबालिकाको उद्धार

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका कर्णालीका २५ बालबालिकाको उद्धार

कञ्चनपुर  । तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका कर्णालीका २५ जना बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

प्रतिकात्मक तस्बिर ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिएका छन् ।

हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनुभयो ।

हुम्लाको सिमकोट गाउँपालिका–८ का बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेका पाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।