गुरुकुल एकेडेमीमा चुनियो निर्वाचन प्रक्रियाबाट बिद्यालय कप्तान तथा उप–कप्तान

दाङ । गुरुकुल एकेडेमि घोराहिका कक्षा १० का बिद्यार्थि दीपेश वली र कक्षा ९ कि छात्रा प्रज्ञा अधिकारी निर्वाचन प्रकृया बाट कप्तानतथा उपकप्तानमा छनौट भएका छन् ।

लोकतान्त्रीक विधि उच्च प्रतीस्पर्धा , मतदान शिक्षा, मतपरीणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान दिनका लागी बिद्यार्थिहरुलाई चुनावी माहोलमा अव्ययस्थ बनाउनको लागि बिद्यालयले कप्तान , उपकप्तान तथा सदन कप्तान र उपकप्तान चुनेको हो । बिद्यालयका अनुशासन संयोजक थिन्ले वाङदी भुटिया मुख्य निर्वाचन अधिकृत भएर गरीएको निर्वाचनमा कप्तानतर्फ ३ जना र उपकप्तानतर्फ ४ जनाले भाग लिएका थिए ।

कुल २६८ मत खसेकोमा कप्तानतर्फ बिद्यार्थिहरु प्रक्षित खड्का १० मत, र उत्सव पोख्रेल १२४ मत लिएका थिए भने दीपेश वली १२५ मत लिएर बिजयि भएका हुन यसै गरी उप कप्तान तर्फ गौरी पोख्रेलले ७१ मत ,पुष्पा पुनले ५६ मत र परी महराले ४८मतलिएका थिए भने प्रज्ञा अधिकारीले ८० मत लिएर निर्वाचित भएकि थिइन । कप्तानतर्फ दीपेश वलीले आफ्ना निकटतम प्रतिद्धन्दि उत्सव पोख्रेल संग १ मतको मतान्तरले बिजयि भएको हुन भने भने उप कप्तान तर्फ ९ मतको मतान्तरमा प्रज्ञा अधिकारी बिजयि भएकि हुन । कप्तान र उपकप्तान को चुनावमा मत संख्या २९०जनामा २६८ मत खसेको थियो । कप्तानतर्फ र उपकप्तान तर्फ जम्मा ५ मत बदर भएको बिद्यालयका अनुशासन संयोजक तथा निर्वाचन अधिकृत थिन्ले वाङदि भुटियाले जानकारी दिनुभयो ।

बिद्यालयका शिक्षकहरु अरबिन्द अधिकारी , आशा चौधरी , भुवन आचार्य लालबहादुर रावत र संजय रोका मतदान सहायकको रुपमा खटिनुभएको थियो भने शिक्षकहरु इशा राणाक्षेत्रि ,संगिता बस्नेत , शान्ता आचार्य निर्वाचिन आयोगका समितिको रुपमा खटिनु भएको थियो यसैगरी बिद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले कार्य सम्पादन गर्नु भएको थियो । पर्यवेक्षकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी र प्रधानाध्यापक डां. कृष्णराज डिसि रहनुभएको थियो ।

बिजयी विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरे र प्रधानाध्यापक डां. कृष्णराज डिसिले गराउनुभएको थियो ।

यसै गरी गुरुकुल एकेडेमीका बिद्यार्थिहरुको ४समुहमा बिभाजन गरीएको छ । यि ४ समुहको पनि कप्तान तथा उप कप्तान यहि निर्वाचनबाट चुनिएका छन । रुवि समुहको कप्तामा अंशुखनाल ४९ र उप कप्तानमा प्रज्ञा थापा ३९ निर्वाचित भएका छन । यसै गरी एमरल्ड समुहको कप्तानमा एलोन केसि ३७ र उप कप्तानमा प्रेगेन्द्र बस्नेत ४६ , सफायर समुहको कप्तानमा एन्जस चन्द ४० र उप कप्तानमा कृतज्ञ अधिकारी ४० र टोपाज समुहमा कप्तान कुन्दन केसि ४५ र उप कप्तान अनुभव पान्डे २५ मतका साथ निर्वाचित भएका छन ।

निर्वाचनको सम्पुर्ण ब्यबस्थापन बिद्यालयका नेपाली बिषयका बिभागिय प्रमुख तथा शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो । भने सहायक प्रधनाध्यापक मुकुन्द गिरीको संयोजकत्वमा निर्वाचन भएको थियो ।

नव निर्वाचित कप्तान तथा उप कप्तानहरुले बिद्यालयको अनुशासन र अन्य गतिबिधि सुधार गर्नको लागि महत्वपुर्ण भुमिका रहने बिद्यालयको बिश्वास छ ।