काठमाडौं । शेयर बजार लगातार सात कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से ८.२३ अङ्कले बढेर २ हजार ६३१.१७ विन्दुमा पुगेको छ ।
भोलिदेखि दशैँ बिदा शुरू हुँदैछ । अब शेयर बजार आउँदो कात्तिक ९ गते खुल्नेछ ।
आज फाइनान्स, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको सूचक बढेको छ ।
आज १७४ वटा कम्पनीको शेयर बढेकोमा ९१ वटाको घटेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज चिरख्वा हाइड्रोपावरको शेयर १४.८२ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन सिद्धार्थ बैंकको डिबेन्चर (२०८९) ५.८४ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर ४ अर्ब ८८ करोड रुपैयाँमा किनबेच भएको छ ।



खबर बजार । ३० आश्विन २०८३, शुक्रबार १७:२०