काठमाडौं । राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो ।

विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते अर्थात् आज र भोलिका दिन सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गर्न लागिएको हो ।
सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ’ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।



खबर बजार । ३ कार्तिक २०८३, सोमबार १०:२९