मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

समसामयिक :

छठ् पर्वको समापन 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ ।

Dailekhi urja

हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि ब्रत पूरा भएको छ ।

छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ ।

यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।

nepalgunj