
पृष्ठभूमीः
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड एक सेवा तथा व्यवसायमूलक कार्यको लागि स्थापित भएको निकाय हो । विशेषगरी यस प्रा. लि. ले आफ्नो व्यवसायिक क्रियाकलापको साथमा शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि, कृषि तथा अन्य क्रियाकलाप गरिरहेको छ । यस प्रा. लि. ले तपाई हाम्रै समुदायलाई नै केन्द्र भागमा राखेर आफ्ना सेवा तथा व्यवसायिक क्रियाकलाप गर्ने छ । यस प्रा. लि. ले सरकारी, निजी तथा अन्य गैरसरकारी क्षेत्रसँगको सहकार्यमा क्रियाकलाप सञ्चालन गर्ने गरेको छ । यसले सञ्चार क्षेत्रमा रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन मिडियालगायतको उपयोग गर्दै आम नागरिकसँग सरोकार राख्ने नाफामूलक र गैरनाफामूलक अभियानलाई सञ्चालन गर्नेसमेत गरेको छ ।
संक्षिप्तमाः
नामः स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.,
ठेगानाः वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६, सुर्खेत, कर्णाली प्रदेश, नेपाल
प्रकृतिः निजी व्यवसायिक
दर्ताः कम्पनी रजिष्ट्रारको कार्यालय (उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय)
दर्ता नम्बरः २७९०४०-०७८/०७९
वेवसाइटः www.sirc.com.np
अनलाइन पत्रिकाः www.khabarbajar.com
फेसबुक पेजः facebook.com/bajarkhabar, facebook.com/sircpl
ट्वीटरः twitter.com/khabarbajar
सम्पर्क नम्वरः ९८४८०९२१५६
इमेलः info@khabarbajar.com
ध्येयः सेवा र व्यवसाय सँगसँगै ।
उद्देश्यहरुः
१) विषयवस्तुमा आधारित पाठ्यक्रम तयार गर्ने ।
२) सर्वेक्षण, खोज, अध्ययन, अनुसन्धान तथा परामर्श ।
३) सञ्चार माध्यमसँग सम्बन्धित अनुसन्धान ।
४) प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन ।
५) सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा अन्य इभेन्ट मेनेजमेन्ट सम्बन्धी कार्य ।
६) विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने ।
७) स्थानीय तहका कानुन मस्यौदामा सहजिकरण गर्ने र कानुनी विषयमा तालिम तथा गोष्ठी सञ्चालन गर्ने ।
८) विज्ञापन एजेन्सीका सेवाहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र सडक बोर्डहरु) ।
९) नाटक, टेलिफिल्म, भिडियो फिल्म, वृत्तचित्र उत्पादन गरी सञ्चार माध्यममा प्रसारण गर्ने ।
१०) सीपमूलक र ज्ञानवद्र्धक कार्यक्रमहरु उत्पादन गरी सञ्चार माध्यमहरुमा प्रसारण गर्ने ।
११) पत्रकारिता, उद्घोषण, साहित्य, कला, संगीत, नृत्य, मोडलिङ्ग, फेशन शोलगायत जीवनउपयोगी सीप र ज्ञान सम्बन्धी तालिम दिने ।
१२) अनलाइन पत्रिका khabarbajar.com र टेलिभिजन youtube.com/KhabarBajar सञ्चालन गर्ने ।
१३) अडियो र भिडियो सम्बन्धी सबै सेवा गर्ने ।
१४) अनलाइन विजनेससँग सम्बन्धित कार्य गर्ने ।


