
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि मङ्गलबारदेखि प्लेअफमा पुगेका टीमहरुको खेल भएका छन् । पहिलो क्वालिफायरमा मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम भिड्ने छन् ।
इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । क्वालिफायर वान भोलि हुनेछ, इलिमिनेटर पर्सि र बिहीवार क्वालिफायर टु हुनेछ ।
क्वालिफायर वानको पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । ११ अंक जोडेको साविक विजेता लुम्बिनी पहिलो र १० अंक जोडेको साविक उपविजेता सुदूरपश्चिम दोस्रो स्थानमा रहेका छन् ।
लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।




