मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राजनीति :

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

१ मिनेट पढाइ
०साझा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
kuse inside

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । एमालेले यो भेलालाई आउँदो पालिका चुनावको तयारीमा केन्द्रित गर्ने तयारी गरेको छ ।

 उपमहासचिव लेखराज भट्टकाअनुसार भेलामा राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

Dailekhi urja

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयीक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उपमहासचिव भट्टले जानकारी दिनुभयो ।

उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले अलग–अलग कार्यपत्र पेस गर्नुहुनेछ ।

भेला काठमाडौंको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा हुनेछ । भेलामा पार्टीका संघीय संसद्, प्रदेशसभा र पालिकाका जनप्रतिनिधिलगायत सहभागी हुनेछन् ।

भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका तीन हजार ४०० भन्दा धेरै प्रतिनिधि सामेल हुने पार्टीको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिलाई पालिका चुनावको तयारी तथा पार्टीले गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ ।

भेलाको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । आज बिहान ११ बजेपछि हुने उद्घाटनलगत्तै बन्दसत्र शुरु गरी भोलि भेला समापन गर्ने एमालेको तयारी छ । एमालेले भोलि पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

nepalgunj