

दैलेख । गुराँस गाउँपालिका ५ नम्बर वडाले आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्धबार्षिक सार्वजनिक सुनुवाइ गरेको छ । वडामा ६ महीना भरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
वडाका वडा अध्यक्ष,वडा सचीव र वडा प्राविधिकले अर्धबार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं वडाको सेवा, वडामा संचालित आयोजनाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममको उद्घाटन वडा अध्यक्ष भुपेन्द्र बहादुर चन्दले गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइमा ८ बुदे प्रतिवद्दता पनि बक्ताहरुले गरेका छन् जस्मा वडामा नागरिक बडापत्रको ब्यवस्थापन गर्ने, कृषि र पशुपालन क्षत्रमा लगानी बढाउने, एक घर एक धारा कार्यक्रमलाइ कार्यान्वयनमा लैजाने, शिक्षाको गुणस्तर कायम गर्न पहल गर्ने लागाएत छन् ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडाकोको बजेट, संचालित आयोजना तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गुराँस गाउँपालिका ५ न. वडाले गरेको थियो भने कार्यक्रमको सहजीकरण स्टार इन्नोभेसन एन्ड रिसर्च सेन्टर प्रा. लि. ले गरेको थियो ।

खबर बजार । १० माघ २०८१, बिहीबार २१:१८