काठमाडौं । आईसीसी विश्वकप लिग-टु को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यस्तै, स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ ।पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छन् ।
त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट सुरू हुने खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ।
नेपालले ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको हो। टोलीमा अन्य कुनै परिवर्तन नभएको कप्तान रोहित पौडेलले जानकारी दिनुभयो ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।
एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो ।
खबर बजार । ५ फाल्गुन २०७९, शुक्रबार ०८:५३