

जुम्ला । जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन् । करिब १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हालसम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्याङ्क छ ।
कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार रहेको छ ।
जसमध्ये कुल घरधुरीको ९१.८९ प्रतिशत नागरिक कृषि पेसामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ । १९ हजार घरधुरीमध्ये जुम्लाका १२ हजार घरधुरी व्यवसायीक स्याउ खेती गरिरहेका छन् । तर बिमित भने २४ सय ६१ जना किसान मात्रै छन् ।
विगतका वर्षमा असिना पानी, कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानले करोडौँको क्षति व्यहोर्दै आएका छन् ।

खबर बजार । १० फाल्गुन २०७९, बुधबार १९:२६