काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाण्डौ उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदलै काठमाण्डौ आएका हुन् ।
खबर बजार । १३ चैत्र २०७९, सोमबार १८:१६