
सुर्खेत । राष्ट्रिय समाचार समितिले ६३ औं बार्षिक उत्सव सुर्खेतमा मनाएको छ । राष्ट्रिय समाचार समितिले सुशासन र समृद्धिका लागि रासस विषयक अन्तरक्रिया कार्यक्रम गर्दै मानाएको हो ।
यस्तै, राष्ट्रिय समाचार समितिले ६३ औं बार्षिक उत्सवको अवसरमा सुरेश आचार्य उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत गरेको छ ।
राष्ट्रिय समाचार समितिका संवाददाता सुरेश आचार्य यो बर्षको उत्कृष्ट तस्बिर तथा श्रव्यदृश्य संकलनतर्फ पुरस्कृत हुनुभएको हो ।
उहाँका तस्बिर तथा श्रव्यदृश्य समाग्रीहरुले विशेषगरि कर्णालीको प्राकृतिक सौन्दर्यता र संस्कृतीलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको राससले बताएको छ ।

खबर बजार । ६ फाल्गुन २०८०, आईतवार १७:०६