
गोरखा । बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । स्थानीय नागरिकका अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुर्याएको छ ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिनुभयो ।
बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उहाँले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गर्नुभएको छ ।




खबर बजार । २५ आश्विन २०८३, आईतवार ०६:५१