f कांग्रेस सभापतिमा पुन: गगनकुमार थापा निर्वाचित, ५४ मत बदर

कांग्रेस सभापतिमा पुन: गगनकुमार थापा निर्वाचित, ५४ मत बदर

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा गगन कुमार थापा पुन: निर्वाचित हुनुभएको छ ।

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।