काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पार्टी कार्यालय सानेपामा आज आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले शपथ ग्रहण गराउनुभएको हो । सभापति थापाले गएको असोज ३१ गते नै शपथ ग्रहण गर्नुभएको थियो ।
शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।
गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डाैको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो । यसैगरी विभिन्न क्लस्टररबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् ।
कांग्रेसले चार जना केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूकाे शपथ राेकिएकाे छ ।
नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् ।