जेनजी प्रदर्शनमा अहिले सम्म ५ जनाको ज्यान गयो

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएका मध्य अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । दर्जनौं घाइते भएका छन् ।
अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।
कर्फ्यू लागेपनि अहिलेसम्म प्रदर्शन रोकिइरहेको छैन ।