प्रतिनिधि सभाको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन आज

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि बाँकी राजनीतिक दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् ।

निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन आज अन्तिम दिन हो ।

आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । केही दलहरूले यसअघि नै समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।