काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।
आज बसेको पहिलो पोलिटब्युरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
साथै सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ ।
अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।
खबर बजार । ७ चैत्र २०७८, सोमबार २२:१५