काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ । नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिनु भयो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने बताउनु भयो ।
१२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ ।
खबर बजार । १८ माघ २०७९, बुधबार १२:४४