मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

१ मिनेट पढाइ

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रनमा सीमित भयो ।

यो जितसँगै सुरुवाती दुई खेलमा पराजय बेहोरेको विराटनगरले लगातार दोस्रो जित निकालेको छ ।

चार खेलबाट चार अंक जोडेको विराटनगरले प्रतियोगितामा आफ्नो स्थिति सुधार गरेको छ । समान चार खेल खेलेको जनकपुरको पनि चार अंक छ ।