
दैलेख । नेकपा (एमाले) दैलेखले विकास र समृद्धिको नेतृत्वकर्ताको रुपमा आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा बसेको ११औं जिल्ला सचिवालयको बैठकले दैलेखको जलजलेमा निस्केको मिथेन ग्यास उत्खनन र अनुसन्धान गर्न नेतृत्व गरेको भन्दै धन्यवाद दिएको हो ।
साथै असार २३ गते भोटकोशी, रसुवागढी लगायत विभिन्न ठाउँमा आएको बाढिमा मृत्युु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्दार कार्यमा सरकारले देखाएको सक्रियताको प्रसंसा पनि बैठकले गरेको छ ।
यसैगरी, बैठकले २०८२ को नवीकरण, नयाँ आवेदनको सिफारिस सबै
प्रदेशमा पठाउने देखि पार्टीले वडा केन्द्रित काममा भए गरेका सबै कामको समिक्षासहित आवश्यक निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।
बैठक जिल्ला पार्टी अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता र कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा बसेको हो ।




खबर बजार । २५ असार २०८२, बुधबार १६:२९