
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुग्नुभएको छ ।
नवौँ र दशौँ अधिवेशनबाट अध्यक्ष बन्नुभएका ओली तेस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो ।
यी हुन् विजेता बनेका पदाधिकारी:
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव:
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव:
यामलाल कँडेल
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
राजन भट्टराई
भानुभक्त ढकाल




खबर बजार । ३ पुष २०८२, बिहीबार १७:००