रास्वपाले आफ्ना सांसदलाई अति गोप्य प्रशिक्षण दिँदै, यस्ता छन् निर्देशन…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई भोलिदेखि अति गोप्य अभिमुखीकरण प्रशिक्षण दिँदै छ ।

दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम ग्वार्कोको होटल रोयल दुलिपमा हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताउनुभयो ।

प्रशिक्षणमा आउने सांसदहरूलाई रास्वपाले ६ निर्देशन जारी गरेको छ ।

पार्टीले सबै सांसदहरूको खाना र आवास सुनिश्चित, कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध, कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेको छ ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिएको छ ।