f आइसीसीको वरियतामा नेपाली क्रिकेटको दुई स्थान सुधार 
बजारभित्र

आइसीसीको वरियतामा नेपाली क्रिकेटको दुई स्थान सुधार 

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।

आईसीसीले आज सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको हो ।

आज जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।

जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो ।

नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमा रोक्दै १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ ।