
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला बोलाउनुभएको छ । उहाँले १५ वैशाखका लागि भेला बोलाउनुभएको हो ।
१४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने खड्काको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाउनुभएको हो ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गर्नुभएको थियोे । त्यसअघि उहाँले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियोे ।
वैशाख ६ मै सभापति गगन थापा नेता खड्कालाई भेट्न उहाँको निवास गल्फुटार पुग्नुभएको थियोे । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेका अनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शिष्टाचार भेटघाट भएको हो ।




खबर बजार । ११ बैशाख २०८३, शुक्रबार १०:०८