झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याउदा । उहांका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनु भयो ।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराउनु भएको थियो । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराउनु भएको थियो ।

झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाउनु भएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहनु भएको हुन्छ । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको लिङ्देनले दाबी गर्नु हुन्छ । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उहांले प्रचार गर्दै आइरहनु भएको छ । उहांले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकाल्नु भएको थियो ।