
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अंक तालिकामा राजस्थान रोयल्स तेस्रो स्थानमा पुगेको छ ।पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेसँगै राजस्थान तेस्रो स्थानमा पुगेको हो ।

२२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
राजस्थानको जीतमा डोनोभन फेरेइराको अविजित ५२ रन र यशस्वी जैसवालको ५१ रनको योगदान महत्त्वपूर्ण रह्यो ।
शीर्षस्थानमा रहेको पञ्जाब किंग्सको यो सिजनको पहिलो हार हो । हिजो बेलुकी न्यु चन्डीगढमा पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
पञ्जावका मार्कस स्टोइनिसले ६२ रन र प्रभासिम्रन सिंहले ५९ रन बनाए पनि जीतका लागि पर्याप्त भएन ।
आईपीएलमा आज बेलुका पौने ८ बजे वानखेडेमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादले खेल्दैछन् ।




खबर बजार । १६ बैशाख २०८३, बुधबार ०७:२५