
सल्यान । भवन बनाउन जग खन्ने क्रममा जिल्ला प्रहरी कार्यालय सल्यानमा ठूलो मात्रामा बम फेला परेका छन् ।

हालसम्म ८६ वटा बम फेला परेका छन् । यीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन् ।
उत्खननका क्रममा ७ थान रेडियो वेभ उपकरण, करिव ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिव २ किलो सामग्री तथा १० मिटर फायरिङ केबल समेत फेला परेको छ ।
भेटिएका बम र अन्य सामग्री राज्यपक्षको हो वा होइन भन्ने विषयमा पत्ता लाग्न सकेको छैन ।भेटिएका बम नेपाली सेनाको दाङको नं. १९ बाहिनी र कालीभक्ती गण भैरहवाले निस्क्रिय गर्दैछ ।




खबर बजार । १९ बैशाख २०८३, शनिबार १४:४९