कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।

माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । आज बुधवार प्रदेश प्रमुख तिलक परियारले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

माओवादी पोलिटब्युरो सदस्य शर्मा गएको मङ्सिर ४ गते भएको चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएको हो ।