पाँच प्रदेशका अधिकांश स्थानमा मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । आज बिहान हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेकाे हाे ।

बाँकी भू-भागमा भने आंशिक बादल लागिरहेको हाे । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती,गण्डकी, मधेश प्रदेश र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मध्यमसम्मकाे वर्षा-हिमपातको सम्भावना रहेकाे छ ।

साथै बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको हाे । साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही जिल्लाहरूमा हावाहुरी र असिना-मेघगर्जन-चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । कोशी, मधेश, बागमती,गण्डकी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।