
काठमाडौं । पूर्व र मध्य भेगका केही ठाउँमा आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना छ ।
आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी र मधेश प्रदेशको तराई भेगका एक, दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




खबर बजार । ४ असार २०८३, बिहीबार १०:०९