
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो ।
गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गर्नुभएको थियो ।
साढे दुई महिनासम्म प्रधानमन्त्री साहले यसबारे स्पष्टिकरण दिनुभएको छैन । विपक्षीले विरोध जारी राखेपछि सभाको सोमवारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको छ ।




खबर बजार । १ भाद्र २०८३, सोमबार १७:१०