माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकूका कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भईसकेका छन् ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।