
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । साउन १२ गते मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको मात्रै नियुक्ति भएकोमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुनासाथ तीन जना मन्त्री थपिएका हुन् ।

नेकपा (एमाले) को सिफारिसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा जुम्लाका टेकराज पछाईँ, सामाजिक विकास मन्त्रीमा मुगुका जीतबहादुर मल्ल र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका कलबहादुर हमाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण समेत आजै प्रदेश प्रमुख यज्ञराज जोशीले गराउनुभएको छ ।
मुख्यमन्त्रीको दल नेपाली कम्युनिष्ट पार्टीले अझै मन्त्रीकाे नाम टुंग्याउन सकेकाे छैन ।




खबर बजार । ३ भाद्र २०८३, बुधबार २०:१५