चीनको दबाबपछि तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने

काठमाडौं । काठमाडौँमा हुने तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा चीनको दबावपछि दलाई लामा र निजका प्रतिनिधिलाई उपस्थित नगराइने भएको छ ।

तस्बिर: दलाई लामाको अफिसियल पेज

३७ देशका ७ सय सहभागी हुने सम्मेलनमा अमेरिकाबाट १५० र चीनबाट १०० जना आउने भएका छन् ।

चीनले नेपाल सरकारमाथि दबाब बढाएपछि सम्मेलनमा दलाई लामाको निर्वासित सरकारले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने गोप्य स्रोतले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मुख्यालय रहेको केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले भदौ ७–१३ (अगस्ट २३–२९) मा काठमाडौँमा आयोजना हुने तिब्बत अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नहुने निर्णय गरेको एक उच्च सुरक्षा अधिकारीले बताए ।