f रसुवा बाढीमा फेला परेका शवको सङ्ख्या ६ सय १६

रसुवा बाढीमा फेला परेका शवको सङ्ख्या ६ सय १६

काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परि फेला परेका शवको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ ।

जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६,नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।