f प्रदेश सरकारले गर्‍यो १६ लाख ८८ हजार बढि नागरिकको सामूहिक जोखिम वीमा 

प्रदेश सरकारले गर्‍यो १६ लाख ८८ हजार बढि नागरिकको सामूहिक जोखिम वीमा 

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने क्षतिलाई सम्बोधन गर्न विपद् सामूहिक दुर्घटना वीमा कार्यक्रम लागू गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को आधारमा प्रदेशका जम्मा १६ लाख ८८ हजार ४ सय १२ जनाको विपद् सामूहिक दुर्घटना वीमा गरिएको हो ।

वीमाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी तथा जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भिरबाट लड्ने, ढुंगा खस्ने, खोला वा नदीमा डुब्ने वा बग्ने, जंगली जनावरको आक्रमण, भिरबाट लडेर, भिरबाट खसेको ढुंगाको कारण मृत्यु भएमा, खोला वा नदीमा डुवी मृत्यु जस्ता मानविय क्षतिलाई संवोधन गर्ने छ ।

वीमा लागू भएको जानकारी गराउँदै मुख्यमन्त्री यामलाल कँडेलले प्राकृतिक विपत्तिबाट हुने क्षतिमा सहयोगी हुने अपेक्षा गर्नुभएको छ ।