f आज ठूलो वर्षाको सम्भावना, यी ठाउँमा सतर्कता अपानाउनुपर्ने...

आज ठूलो वर्षाको सम्भावना, यी ठाउँमा सतर्कता अपानाउनुपर्ने…

काठमाडौं । आज देशका पहाडी भू–भागका साथै केही प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकोले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।