काठमाण्डौ । हिजो सोमवार २३ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डको शेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको शेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको शेयर साढे ६ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर साढे ८ प्रतिशतले घटेको छ ।
आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
खबर बजार । ३० आश्विन २०८०, मंगलवार १५:२३