
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गर्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सरकारको सिफारिसअनुसार अधिवेशन स्थगित गरिएको हो । यसअघि वैशाख ९ गते राष्ट्रपतिले मन्त्रिपरिषद्कै सिफारिसमा वैशाख १७ का लागि अधिवेशन आह्वान गर्नुभएको थियोे ।
तर, वैशाख १० गते सरकारले अधिवेशन रोक्न राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । उक्त पत्रमा अधिवेशन पुनः कहिले बोलाउने भन्ने मिति भने खुलाइएको छैन ।
राष्ट्रपति कार्यालयले यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् निर्णयका आधारमा अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।




खबर बजार । ११ बैशाख २०८३, शुक्रबार १०:११