
काठमाडौं । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । देशका हिमाली भू–भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखी आँशिक बदली भएको छ ।
दिउँसो देशका पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी प्रदेशको तराई भू–भागका एक/दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




खबर बजार । २७ भाद्र २०८३, शनिबार ०८:०४