

काठमाण्डौ । सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख १८ हजार तीन सय रहेको सुन आज एक लाख १८ हजार दुई सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।

खबर बजार । १६ फाल्गुन २०८०, बुधबार १३:००