मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dailekhi urja

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

nepalgunj