
काठमाडौं । नेपालका तीन प्रदेशबाट मनसुन बाहिरिएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशबाट मनसुन बाहिरिएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ ।




खबर बजार । १७ आश्विन २०८३, शनिबार १४:२७