
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ ।
देउवा समूहले पनि १५औँ महाधिवेशन आउँदो मङ्सिर २१ देखि २३ गतेका लागि तोेकेको छ । त्यही अनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो । तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।
संस्थापन पक्षको १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ । झण्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ ।




खबर बजार । १५ आश्विन २०८३, बिहीबार १०:२७