f एघार किलो गाँजा बरामद 

एघार किलो गाँजा बरामद 

सिराहा । सिराहाको सुखीपुरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोकबाट सशस्त्र प्रहरीको टोलीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।

बुधबार राति सुरक्षा बेस गोल बजार र सुखीपुरको संयुक्त गस्ती टोलीले शंकास्पद रूपमा आउँदै गरेको एक थान बोलेरो गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ गाँजा छाडेर चालकहरू भने फरार भएका छन् । सशस्त्र प्रहरीका अनुसार सवारी साधन जाँच गर्ने क्रममा २६ वटा बोरामा प्याक गरी राखिएको उक्त परिमाणको गाँजा फेला परेको हो ।

बरामद गरिएको गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय (नेपाल प्रहरी)मा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

प्रहरीले फरार चालक तथा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।