f एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । पहिलो खेल दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किंग्सबीच हुनेछ भने बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

दुबै खेल त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि एनपिएल तेस्रो संस्करणको पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।